News Portal

पहिरो अपडेट : आठ जनाको ज्यान गयो, एक अझै बेपत्ता

मोटिभेटन्यूज संवाददाता
११० पटक

पोखरा – पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा गएराति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । उनीहरु दुई घरका परिवार हुन ।

तुलबहादुर थापाको घरमा रहेका ६ जना र कमला विकको परिवारमा रहेका तीन जना पहिरोमा पुरिएका थिए ।

पहिरोले ६२ वर्षीय तुलबहादुर थापासहित उनकी ५८ वर्षीया श्रीमती मिनकुमारी थापा, छोरी दिर्पा थापा, नाती–नातिनीहरु विवेक थापा, सम्राट थापा र विदिशा थापाको मृत्यु भएको छ ।

१५ वर्षीय छोरा विवेक थापाको एसईई परीक्षा अनिश्चित भएपछि माइती घर बस्न आएकी बाग्लुङ जिल्ला जैमिनी नगरपालिका पैञ्यु थन्थाकी ३४ वर्षीया दिर्पा थापा छोरा र बाबुआमासँगै पहिरोमा पुरिएकी हुन् ।

त्यस्तै कमला विकसहित उहाँकी आठ वर्षीया छोरी जेनिशा विकको ज्यान गएको छ भने छोरा १२ वर्षीय जेनिश विक अझै बेपत्ता छन् ।

वाग्लुङ घर भइ लामो समयदेखि कुश्मा बजारमा छोरा विवेकलाई पढाएर बस्दै आएकी दिर्पा लकडाउन सुरु भएसँगै माइती गाउँ दुर्लुङ गएकी थिइन । आफू माइतीघर गएर छोरा विवेकलाई बाग्लुङ घर पठाएकी दिर्पाले एक हप्ताअघि मात्रै छोराको न्यास्रो लागेको भन्दै फेरि सवारी पास बनाएर छोरालाई माइती घरमा नै बोलाएकी थिइन ।

२०७७ जेठ ३२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्