News Portal

साझा पार्टीका अध्यक्ष मिश्रले जब काठमाडौं बासीलाई नाङ्गै हिड्न भने…

मोटिभेटन्यूज संवाददाता
१४४ पटक

काठमाडौं – साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले काठमाडौंका जनतालाई ठूलो चोट पुग्ने गरी गाली गरेका छन । मिश्रले काठमाडौंका शिक्षित परिबारहरुमा पनि चेतनाको स्तर धेरै न्युन भएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले काठमाडौंका जनता शिक्षित भएपनि उनीहरुको चेतना नाङ्गो भएको बताए । रुकुम घटनाको विरोधमा आयोजना गरिएको सभालाई संबोधन गर्दै उनले भने, ‘तपाईहरुले लगाएको कमिज कसले सिएको हो, प्वाइन्ट कसले सिएको हो । तपाई कुन मन्दीरमा गएर पुजा गर्नुहुन्छ । श्रमको सम्मान गर्नुहुन्न भने नाङ्गै हिड्नु होस् ।’

उनले अगाडी भने, ‘दलितमाथि भेदभाव काठमाडौंका पढेलेखेका बुद्धिजिवीहरुले पनि गर्नुभएको छ । घरमा कोठाभाडामा पनि बस्न दिनुहुन्न । घरबाट निकालिदिनु हुन्छ । कोही दलित पाहुना आएपनि चिया खाएको गिलास घाममा सुकाएर मात्र घरभित्र लिनुहुन्छ ।’

उनले भने, ‘त्यसो हो भने लुगा फुकालेर हिड्नुहोस् । तपाईलाई लुगा लगाउने अधिकार छैन । तपाईलाई नाङ्गै हिड्न सुहाउँछ ।’

२०७७ असार १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्