News Portal

सनसनीपूर्ण खुलासा : कारागार भित्र लुटको धन्दा, लागुऔषदको समेत कारोबार

मोटिभेटन्यूज संवाददाता
७६ पटक

धनगढी – कैलाली कारागार भित्र लुटको धन्दा व्याप्त रहेको खुलेको छ । कारागार क्षेत्रमा रहेको राज्यको नियमनकारी निकायका प्रतिनिधिको संरक्षणमा अन्य कैदी बन्दीलाई अत्यावश्यक सामाग्रीहरुमा लुट्ने देखी खानामा सोडा लगायतका बस्तु हालेर स्वास्थ्य माथि समस्या पार्ने गरेको खुलेको हो ।

कैलाली कारागार श्रोतका अनूसार राज्यका संयन्त्रका प्रतिनिधिहरुले आर्थिक संकलन गर्न गैरकानूनी धन्दाको व्यापार गरिरहेका छन् । जेलर, प्रहरी र प्रशासानको मिलेमतोमा चरेश, ब्राउन सुगर मदीरा लगाएतका अवैध बस्तुहरुको कारागार भित्र कारोबार भैरहेको नाम उल्लेख नगर्ने सर्तमा एक कैदीबन्दीले जानकारी दिए ।

जेल भित्र कुख्यात अपराध गर्न सक्ने व्यक्तिहरुलाई कारागार प्रशासनले प्रोत्साहन गरेर अन्य कैदीलाई दुःख दिने कार्य भएको श्रोतले जनाएको छ । कारागार प्रशासनले गैरकानूनी धन्दा गर्न बाहिरी आउटर देखी चौकीदार राख्ने गरेको छ । ति आउटर र चौकीदार जेल भित्र अन्य कैदीबाट बढीभन्दा बढी पैसा असुल्ने,अरुलाई दुःख दिन कुख्यात अपराधीलाई राख्ने गरेको प्रशासनमाथि आरोप छ।

कर्तव्य ज्यान मुद्धामा १० बर्ष जेल भुक्तान गर्नु पर्ने कृष्ण तिवारीलाई कारागार प्रशासनले कैदीबन्दी आर्थिक चलखेल र अवैध कारोवार गर्नका लागि आउटर बनाएको छ । श्रोतका अनुसार उनैको सेटीङमा प्रशासन, प्रहरी र जेलर कहाँ मोटो रकम पुग्ने गरेको छ ।

कारागार प्रशासनको प्रत्यक्ष संरक्षणमा तिवारीसंगै उनका सहयोगी भारतीय नागरीक दिपेश गुप्ता, अनिल सिंह, योगेश चन्द, गगन ठकुल्ला, सरोज भट्टले अनेक अपराध गर्ने गरेको श्रोतले बताएको छ ।

जेलर महेन्द्र सिंह खड्का दुई बर्ष पछि पुनः कैलाली कारागार आएर पुरानै हर्कत गरिरहेको श्रोतको दावि छ । कारागार प्रशासनको मिलेमतोमा केही महिना अघि अपहरणको मुद्धाका कैदी रोहित पाविल अग्रवालले कारागार भित्रै जुवातास, गाँजा चरेश, मदिरा विक्रि गर्ने गरेको भिडियो सार्वजनिक भएपछि जेलर महेन्द्र सिंह खड्को सरुवा र अग्रवाललाई डडेल्धुरा कारागारमा स्थानान्तरण गरीएको थियो ।

अग्रवालकै जस्तो हर्कत गरिरहेका उनका सहयोगी कारागार भित्र व्यापार गर्ने योगेश चन्दलेसमेत अहिले कारागारभित्रै जुवातास खेलाउने, रक्सी बिक्रि बितरण गर्ने, चरेश तथा ब्राउन सुगर बिक्री बितरण गर्ने जस्ता काममा जेलका नाईके तथा चौकिदारकै मिलेमतो भएको पाईएको छ ।

डडेल्धुरा स्थानान्तरण गरिएका रोहीत अग्रवालकै निर्देशनमा कारागार प्रशासनलार्इ मोटो रकम बुझाउन सक्ने भएको भन्दै कारागार भित्र अपराधिक क्रियाकलापका लागि योगेश चन्दलाई चौकीदार तथा आउटर बनाउन लागेको श्रोतले बताएको छ ।

पौष ८ गते कैलाली जिल्ला कारागारभित्रै आपराधिक गतिविधि संलग्न भन्दै कारागारबाट जेलर कैदीका नाईके र सुरक्षाकर्मी सहित ८ जना कैदीबन्दिहरुलाई स्थानान्तरण गरिएको थियो ।

लागुऔषध बेचबिखन मुद्धामा सजाय भोगिरहेका विर्ख कार्की, डाँका चोरी मुद्धामा सजाय भोगिरहेका विष्णु कुँवर त्यस्तै कर्तज्य ज्यान मुद्धामा सजाय भोगिरहेका सन्दिप रावल, सागर पाण्डे, देव विष्ट र गोदु मलिक र विवादको प्रमुख पात्रको रुपमा रहेका रोहित पाहिल अग्रवाललाई सजायका साथ डडेल्धुरा सरुवा गरिएको थियो ।

यस विषयमा बुझ्दा जेलर महेन्द्र सिंह खड्काले त्यस्ता गतिविधि आफूलाई थाहा नभएको बताए । उनले यस्ता गतिविधि गर्न नदिएको बताए । उनले कारागार भित्र सुरक्षा व्यवस्था कडा छ । कुनै कैदीले दुःख पाएको छैन् ।

२०७७ असार १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्