News Portal

के हो सफलताको चाबी ? कसरी हुने सफल ?

मोटिभेटन्यूज संवाददाता
६९ पटक

काठमाडौं – तपाईलाई डर लाग्छ ? कायर हुनुहुन्छ ? यदी हुनुहुन्न भने, उठाउनुस् जोखिम यही सफलाको चाबी हो ।

तपाईलाई थाहा छ ? कार्टुननै नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोलेका थिए । ग्रेटा गारवोले मनग्य पैसा दिने टोपी कम्पनीको काम छाडी फिल्म क्षेत्रमा संघर्ष गर्ने जोखिम मोलेकी थिइन् ।

ब्रुसलीले एक सय बाह्र डलर बोकेर अमेरिका छिर्ने जोखिम मोलेका थिए । जोफ वेजोसले मासिक हजारौ डलरको जागिर छोडेर अमेजन डट कमको सुरूवात गर्ने जोखिम मोलेका थिए ।

वियर ग्रेल्सले ढाडको हड्डी भाचिए पनि सगरमाथा चढ्ने जोखिम मोलेका थिए । ब्लेडले दारी काट्ने परिपाटी नभएको समयमा किंग सी जिलेटले भारी ऋण काढेर ब्लेड कम्पनी खोल्ने जोखिम मोलेका थिए ।

सोइशिरो होण्डाले आफ्नै श्रीमतिको गहना बेची मोटरसाइकल कम्पनी खोज्ने जोखिम मोलेका थिए । राइट दाजुभाइले सर्वप्रथम सवैथोक खर्चेर असंभव भनिने करङे जहाज उडाउने जोखिम मोलेका थिए ।

मर्ने बाँच्नेको कुनै ठेगान नहुदा नहुदै क्रिष्टफोर कोलम्बसले अमेरिका खोज्ने जोखिम मोलेका थिए । छारे रोगले ग्रस्त हुदा हुदै पनि, अनी खुट्टा भाचिए पनि प्याटी विल्सनले ४०० माइल दौडने जोखिम मोलेको थिइन् ।

तमाम चुनौतिका बाबजुद फ्रेड स्मिथले चौविस घण्टामा सामान डेलिभरी गर्ने फ्रेडरल एक्सप्रेस कम्पनी खोल्ने जोखिम मोलेका थिए । जती पनि सफल भए ती सबैले कुनै न कुनै जोखिम मोलेका थिए ।

उनीहरू डरले थुनिएर बसेका थिएनन, जीवन सित जुवा खेल्ने हिम्मत गरेका थिए । उनीहरू पटक पटक असफल पनि भए तर अन्तमा सानदार जित हासिल गरेर विश्व हल्लाउन सफल भए ।

बुझिराखौ, जसले जोखिम उठाउदैन त्यही नै सबैभन्दा ठूलो जोखिममा पर्छ । त्यसैले डरलाई भगाउँदै जोखिम उठाउने साहास गर्नुहोस् । सफलता तपाईकै सामुन्य छ ।

२०७७ असार २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्