News Portal

केपी ओली जब पार्टीको माइन्युट बोकेर भारतको शरणमा पुगे

मोटिभेटन्यूज संवाददाता
४८ पटक

काठमाडौं – कुरा २०२९ सालको हो । झापा विद्रोह भएको डेढ बर्ष मात्र भएको थियो । २०२९ साल कार्तिकमा तत्कालीन भापा विद्रोहको नेतृत्व राधाकृष्ण मैनाली (आरके)ले गरेका थिए । आरके अस्वस्थ भएपछि नेतृत्व परिवर्तन गर्नपर्ने अवस्था आयो ।

सचिव रहेका उनलाई स्वास्थ्य समस्या भएपछि आराम गर्ने भएकाले खड्गप्रसाद ओली (केपी)लाई सर्वसम्मतले सचिव बनाइयो । केपी ओली कसरी बनेत सचिव ?

‘केपीलाई सचिव बनाउनुभित्र रमाइलो संयोग छ ।’ आरके मैनालीले आफ्नो पुस्तर नलेखिएको इतिहासमा लेखेका छन । ‘मलाई टिबी रोगले सताएको थियो । रातभर हिँडेर बैठक स्थल पुग्दा म खोकी र ज्वरोले थला परिसकेको हुन्थे । अरुका कुरा सुन्न र आफ्ना कुरा राख्न नसक्ने अवस्था भयो, मेरो । घर परिवार र नजिकका सहकर्मीबाट उपचारका लागि भारत जान दवाव थियो । म मानिरहेको थिइनँ । तर गाउँमै उपचार गर्न पनि आराम चाहिने भयो ।

त्यसपछि मैले सचिव पदबार विश्राम लिने निधो गरेँ । त्यसवेला केपी कुरा बढि काम कम गर्थे । विद्राहलाई स्वीकार गरेपनि भुमिगत भएर पूर्णकालिन हुन सकिरहेका थिएनन् । पक्राउ गर्न प्रहरी आए ओल्टो कोल्टो लाग्थे । नत्र गाउँमै बस्थे ।

सीपी, नेत्र, नरेश, हर्क खड्का लगायतले ‘केपी कुरौटे र आलोचक मात्र छन, काममा खट्दैनन् । त्यसैले उनलाई सचिव बनाउँ’ भनेर सल्लाह गरे ।

मिलेमत्तोमा सचिव बनाउन लागेको छनक नदिन सीपी र हर्क बेठकमा अलग अलग बसेछन । बैठक थालनी भएसँगै मेले आफ्नो अस्वस्थताका कारण सचिव पदबाट राजिनामा दिएँ र नयाँ सचिवका चुन्न प्रस्ताव राखेँ ।

नयाँ नेतृत्व छान्ने विषय प्रवेशको सुरुमै सीपीले केपीलाई सचिव बनाउने प्रस्ताव राखे । सबैले ताली पट्काए सर्मथन गरे । युवा अवस्थामा भर्खर प्रवेश गरेका भएपनि केपी उच्च महत्यकाँक्षी थिए । मसक्क मस्केर उनले भने, ‘हुन्छ, म सचिवको जिम्मेवारी लिन तयार छु ।’ तर कात्र्तिकमा सचिव बनेका उनी फागुनसम्म पनि टिकेनन् ।

सचिव भएपछि एउटै बैठक बोलाउन पहलत गरेनन् नै, उल्टै कसैलाई थाहा नदिई पार्टीको माइन्युट बोकेर बेपत्ता भए । पछि बुझ्दै जाँदा केपी ओली भारतको देहरादुनको पश्चिमतीर एउटा किसानको उखुबारीमा काम गरिरहेका भेटिए ।

२०७७ असार ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्