News Portal

तपाईको हातमा ‘जादुको छडी’ भयो भने तपाई के गर्नुहुन्छ ?

मोटिभेटन्यूज संवाददाता
६० पटक

काठमाडौं – केही व्यक्ति, संस्था र देश कसरी अन्य भन्दा बढी सफल भएका होला् भनी तपाई अवस्य छक्क पर्नु भएको होला । यो कुनै रहस्मय कुरा होइन ।

तिनीहरु सफल हुनुको मुख्य कारण तिनीहरु स्पष्टरुपले सोच्छन र ठीक समयमा ठीक काम गर्दछन । तिनीहरुले आफ्नो सबैभन्दा महत्वणूर्ण सम्पतिमा लगानी गर्दछन् र त्यस्तो सम्पति भनेको ‘मानिसहरु’ हुन ।

शिव खेराले आफ्नो पुस्तक ‘जित तपाईको’ मा लेखेका छन, ‘मैले विश्वका विभिन्न सम्मेलनहरुमा भेट हुँदा विभिन्न कार्यालयका कार्यकारी प्रमुखहरुसँग प्रश्न सोध्ने गरेको छु ।’ यदी तपाईँसँग जादुको छडी हुन्थ्यो र तपाईँको उत्पादकत्व र मुनाफा धेरै बृद्धि गर्ने र तपाईलाई सफल हुन मद्दत गर्ने एउटा कुरा परिवर्तन गर्न सक्नुहुन्थ्यो भने तपाई के परिवर्तन गर्न चाहानुहुन्थ्यो ?’

यो प्रश्नमा तिनीहरुको सबैको एउटै सर्वसम्मत उत्तर हुन्थ्यो, तिनीहरु आफ्ना कर्मचारीहरुको दृष्टिकोण परिर्वतन गर्न चाहान्थे । सकारात्मक दृष्टिकोण भएका कर्मचारीले गर्दा कामदार अझै संङ्गठित हुने थिए । उनीहरुमा रहेको अल्छ्याईँ हटाई बढीभन्दा बढी समर्पित हुने थिए । सामान्य शब्दमा भन्ने हो भने तिनीहरुको कम्पनीमा काम गर्नका लागि एउटा बृह्त क्षेत्र हुने थियो ।

मानव क्षमता नै व्यापारका लागि सबैभन्दा मुल्यवान सम्पति हो । पूँजी र साधन भन्दा पनि मानव नै सबैभन्दा मुल्यवान हुन्छ ।

२०७७ असार ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्