News Portal

एउटा समोशा व्यापारीको कथा : जब आर्थिक मन्दी लाग्यो

मोटिभेटन्यूज संवाददाता
५४ पटक

काठमाडौं – बाटोको क्षेउमा एउटा बृद्ध मान्छे समोशा बेच्ने काम गर्दछ । ऊ अशिक्षित भएको हुँदा कहिले पनि पत्रिका पढ्दैनथ्यो । मुस्किलले कान सुन्ने भएकाले रेडियो पनि सुन्दैनथ्यो । आँखा कमजोर भएकाले टि.भि पनि हेर्दैनथ्यो । तरपनि उ उत्सापूर्वक समोशा वेचिरहेको थियो ।

उसको विक्रि र नाफा पनि बृद्धि भएरहेको थियो । उसले धेरै सामान र राम्रो चुलो किनेर व्यापर विस्तार गर्यो । उसको व्यापार फस्टाइरहेको वेलामा भर्खर स्नातक पास गरेको उसको छोरोले उसलाई सगाउन थाल्यो ।

त्यतिवेला अनौठो घटना घट्यो । छोरोले आफ्नो बुवालाई सोध्यो, ‘बुबा के तपाईलाई व्यापारमा आउँदै गरेको मन्दीको बारेमा थाहा छ । बुबाले भने, ‘अँहँ थाहा छैन तर अब मलाई सुनाउँ ।’ छोरोले फेरी भन्यो, ‘अन्तराष्ट्रिय अवस्था खराव छ र राष्ट्रको अवस्था त झन खराव छ । हामी आउन लागेको खराव दिन प्रति तयार हुनपर्छ ।’

बुबाले सोच्यो, उसको छोराले क्याम्पस पास गरिसकेको छ, अखबार पनि पढ्छ, रेडियो पनि सुन्छ, टिभि पनि हेर्छ । त्यसैले उसलाई सबै जानकारी छ । उसको सल्लाहलाई हलुका ढङ्गले लिनु हुँदैन ।

त्यसको अर्को दिन उसले समोशाको कच्चा समान कम माग गर्यो । दोकानमा ग्राहक पनि कम आउन थाले । उसको विक्रि पनि घट्यो तब बुबाले छोरोलाई भन्यो, ‘तिमीले ठिक भन्यौं हामी मन्दीबाट गुज्री रहेका थियौँ । तिमीले मलाई समय अगाडी सचेत गराएकोमा म सुशी छु ।’

यो कथाबाट, हाम्रा आशाहरुले हाम्रो भविश्यबाणीलाई सुजना गर्न सक्छ, कुनै व्यक्तिसँग उच्च ज्ञान भएपनि निर्णय क्षमता कम हुन्छ, तपाईँ सबैसँग सल्लाह लिनुहोस र निर्णय आफ्नो गर्नुहोस् भन्ने शिक्षा पाइन्छ । एउटा व्यक्तिसँग पाँच गुणहरु छन भने उ औपाचारिक शिक्षा भएपनि÷नभएपनि सफल हुन र सफल बन्न सक्छ ।

ती हुन, चरित्र, प्रण, दृढ विश्वास, विनम्रता, हौसला र साहस । धेरै मानिसहरु ज्ञानी छन । तिनीहरुसित यति धेरै ज्ञान छ कि हिड्ने विश्वकोष भन्दा फरक पर्दैन । तर दुःखको कुरा यति जानकारी हुँदाहुँदे पनि तिनीहरु असफल जीवन बाँचिरहेका हुन्छ ।

२०७७ असार ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्