News Portal

नेपालमा राणा शासनको सुरुवात कसरी भयो ?

मोटिभेटन्यूज संवाददाता
४४ पटक

काठमाडौं – नेपालमा वि.स १९०३ सालदेखि २००७ सालसम्म एक सय ४ बर्ष जङ्गबहादु कुँवर (राणा) र उनका सन्तानहरुले निरंकुश जहाँनियाँ शासन संचालन गरे । जङ्गबहादुर अत्यान्त शाहासिक, महत्वकाँक्षी र चतुर खेलाडी भएकाले पुस्तौं पुस्तादेखि चल्दै आएको राजाको अधिकार आफ्नो हातमा लिन सफल भएका थिए ।

नेपालमा कम उमेरको व्यक्ति राजगद्दीमा बस्नपर्ने अवस्थाको सृजना हुनु, राजनीतिक अस्थिरता र दरबारका भाइभारदारबीचमा गुटबन्दी हुनु, राजा राजेन्द्र विक्रम शाह कमजोर रास्वभावका हुनु, जेठी रानीको मृत्यु कान्छी रानी राज्यलक्ष्मीदेवीको हातमा सम्पपूर्ण अधिकार जानु, जङ्गबहादुर दरवारका विश्वास पात्र बन्नु, कम्पनी सरकारका राजदुतले नेपालको राजनीतिमा हस्तक्षप गर्नु लगायतका कारणले नेपालका राणा शासनको उदय हुन पुगेको थियो ।

यो सँगै राणा शासनको उदय हुनमा केही तत्कालिन कारणहरु पनि छन । कान्छी रानीका प्रेमी गगनसिंह खवासको हत्यापनि रानी आक्रोसित भएर कोत हत्याकाण्ड घटाउनु र राजा राजेन्द्रका विश्वास पात्रका रुपमा उदायका जङ्गबहादुर राणाको हत्या गर्ने रानी राज्यलक्ष्मीदेवीको योजना असफल हुनु तत्कालिन कारण थिए ।

कोतपर्वमा थापाहरुको हत्या भएपछि जङ्गबहादुरको उदय भएको थियो तर उनी पूर्ण शक्तिशाली भइसकेका थिएनन् । कोत हत्याकाण्ड पछि देशको सम्पूर्ण सैन्य शक्ति उनको हातमा गएको थियो । यस विचमा रानी राज्यलक्ष्मीदेवी जङ्गबहादुरलाई आफूले भनेको मानोस भन्नका लागि केही थप अधिकार पनि दिएकी थिइन ।

रानीको इच्छा युवराज सुरेन्द्र र राजकुमार उपेन्द्रको हत्या गरेर आफ्नो छोरा रणेन्द्रलाई युवराज बनाउने थियो । त्यही अनुसार उनले जङ्गबहादुरलाई दुई भाइको हत्या गरेर रणेन्न्द्रलाई राजकुमार बनाउन निर्देशन दिएकी थिइन । कोत हत्याकाण्ड पछि रानीले सुरेन्द्र र उपेन्द्रलाई बन्दी बनाएर राखिएको थियो ।

तर यो कुरा जङ्गबहादुुरले मानेनन् । राजकुमारको हत्या गर्ने जस्तो निच र गैरकानुनी कार्य आफ्नो तर्फबाट नहुने मात्र भनेनन् यदी त्यस्तो प्रयासमात्रै गरेपनि रानीलाई समेत कैद गर्न सक्ने भन्दै धम्की दिए । जङ्गबहादुरको मुखबाट यस्तो जवाफ पाएपछि रानी छाँगाबाट खसेजस्तो भइन ।

त्यसपछि पछि रानीले जङ्गबहादुरको हत्या गर्ने योजना बनाइन । जङ्गबहादुरको विरुद्धमा रानीलाई सहयोग गर्ने जिम्मा बस्नेत परिवारले लियो । वीरध्वर बस्नेतलाई रानीले जङ्गबहादुरको हत्या गर्ने जिम्मा दिइन । साथै जङ्गबहादुरको हत्या गरेको खण्डमा बीरध्वजलाई देशको प्रधानमन्त्री बनाउने आश्वासन दिइन र उक्त पद सन्तान दरसन्तानका लागि उपयोग गर्न पाउने लालमोहर पनि लगाइदिन । दरबारका पण्डित विजयराज पाण्डलाई यो कुराको साँक्षी राखिएको थियो ।

वीरध्वजले भण्डारखालमा एक भोजको आयोजना गर्ने र त्यही भोजमा खानामा बिष राखेर जङ्गबहादुरको हत्या गर्ने योजना बनाए । साथै त्यस्तो अवस्थामा उनलाई विष खुवाउन नसकेमा गोली ठोकेर हत्या गर्ने निर्णय भयो । दरवारको यो निर्णय पण्डित विजयराज पाण्डे र दरवारकी सुसारेपुतली नानीले जङ्गबहादुरलाई भनिदिए ।

यो कुुरा थाहा पाएपछि जङ्गबहादुरुले आफ्ना भाई भारदारहरुलाई हतिहारले सुसज्जित भएर बस्न आदेश दिए । जङ्गबहादुरले तयारी गरिरहेका वेलामा राजदरवारबाट भोजका लागि निम्तो आयो । आफ्नो साथमा ४ पल्टन सेना लिएर जङगबहादुर भण्डारखाल गए । जङ्गबहादुरलाई लिन वीरध्वज स्वयम आएका थिए । वीरध्वजले जङ्गबहादुुरलाई रानीले दरवारमा बोलाएको कुरा भन्न पाउँदा नपाउँदै जङ्गबहादुरले ‘त प्रधानमन्त्री भइसकिछस’ भने । त्यसविचमा रङ्गबहादुरले रणमेयर अधिकारीलाई वीरध्वजको हत्या गर्न निर्देशन दिए । उनले टुक्राटुक्रा पारेर वीरध्वजको हत्या गरे ।

त्यसपछि जङ्गबहादुर भण्डारखालमा गए । त्यहाँ दोहोरो झडप भयो । २३ जना शैनिकको मृत्यु भए र कतिले जङ्गबहादुरसँग आत्मासमर्पण गरे भने कति जना भागे । त्यसपछि जङ्गबहादुरको शक्ति अत्याधिक बढ्यो । भण्डारखाल पर्व पछि जङ्गबहादुरलाई राजा राजेन्द्रले प्रधानमन्त्रीमा नियुक्त गरे । प्रधानमन्त्री भएपछि जङ्गबहादुरले भारदारी सभा बोलाए । यो सभाले कोत र भण्डारखाल पर्व रानीको योजनामा भएको भन्दै दोषि ठहर गर्दै देश निकाला गर्ने निर्णय गर्यो ।

वि.स १९०३ मा एकतीस लाख नगद, १५ हजार बराबरको जिन्सी र ६०० सैनिकसहित राजा, रानी र दुईभाई छोरासहित बनारस गए । रानीलाई देशनिकाला गरेपछि जङ्गबहादुर झन शक्तिशाली भए । राजालाई जङ्गबहादुरले बारम्बार नेपाल आएर राजगद्दीका बस्ने पत्र पठाए । तर राजा राजेन्द्रले मानेनन् ।

राजाले नमानेपछि जङ्गबहादुरले वि.स १९०४ बैंसाख ३१ गते युवराज सुरेन्द्रलाई राजगद्दीमा राखेर राजेन्द्रलाई पदच्युत गरेको घोषणा गरे । जङ्गबहादुरले टुडिखेलमा भारदारी सभा बोलाए । उक्त सभाले सुरेन्द्र विक्रम शाह नेपालको नयाँ राजा भएको घोषणा गरियो । यसको बदला स्वरुप राजा सुरेन्द्रले जङ्गबहादुरलाई असिमित अधिकारीहरु सुम्पिए ।

बनारसमा बसेका राजेन्द्र विक्रम शाहले जङ्गबहादुरसँग बदला लिनका लागि लड्ने योजना बनाए । त्यही अनुसार आफ्ना सेनालाई बदला लिनका लागि अलौं भन्ने ठाउँमा पुगका वेला जङ्गबहादुरले राजेन्द्रका सेना आएको थाहा पाएर आफ्ना सेना पनि त्यहाँ पठा । अलौ भन्ने ठाउँमा भिषण भिडन्त भयो । राजेन्द्रका सेनाहरु नराम्ररी पराजित भए । त्यसपछि जङगबहादुर झन शक्तिशाली भए । यो घटनालाई अलौपर्व पनि भनिन्छ ।

अलौपर्व पछि सन १८४७ मा भारतले र १८४८ चीनले सुरेन्द्र विक्रम शाह नेपालको राजा भएको मान्यता दिए । त्यसपछि क्रमसः राजाबाट लालमोहर प्राप्त गर्दै जङ्गबहादुर नेपालका शक्तिशाली शासक बने । यसरी नेपालमा निरंकुश जहाँनियाँ तानाशाही राणा शासनको सुरुवात भयो ।

२०७७ असार १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्