News Portal

प्रेरणा दुई तरिकाबाट लिन सकिन्छ

मोटिभेटन्यूज संवाददाता
५७ पटक

काठमाडौं – राम र श्याम दुई भाइ थिए । ती मध्ये एक भाइ लागू पदार्थका अम्मली र पियक्कड थिए र नशामा आफ्नो घर परिवारका सदस्यलाई पिटपाट पार्थे । अर्को भाइ सफल व्यापारी थिए ।

समाजमा उनको मानसम्मान थियो र उनको राम्रो परिवार थियो । एकै बाबु आमाका सन्तानहरु एकै वातावरणमा हुर्केका व्यक्ति पनि किन यति धेरै असमान ? पहिलो भाइलाई सोधियो, ‘तिमी लागु पदार्थ सेवन गर्ने, घर–परिवारलाई कुटपिट गर्ने काम किन गछौं । यस्तो काम गर्ने प्रेरणा तिमीले कहाँबाट पायौ ।’

उसले भन्यो, ‘मेरो बुवाबाट । उनी लागु औषधका अम्मली थिए । उनी पियक्कड थिए र घरका सदस्यलाई पिट्ने काम गर्दथे । यस्तो प्रेरणाले के बन्नु पथ्र्यो भन्ने अपेक्षा तपाई गर्नुहुन्छ ?’ त्यही प्रश्न अर्को भाइलाई पनि सोधियो, ‘कसरी तिमी हरेक काम सहि ढङ्गले गछौं ? तिम्रो प्रेरणाको श्रोत के हो ?’

उसले उत्तर दियो, ‘मेरो प्रेरणाको श्रोत मेरो बुवा हो । मैले सानैदेखि मेरो बुवाको पिट्ने बानी र उहाँको गलत व्यवहार देखें । मैले बुवाले गरेको जस्तो गलत व्यबहार कहिल्यौं नगर्ने प्रहण गरे ।’

दुबै भाइले एउटै ठाउँबाट पे्ररणा पाइरहेका थिए । तर एउटाले त्यसलाई नकरात्मक रुपमा लियो भने अर्कोले सकारात्मक रुपमा । नकरात्मक प्रेरणाले सजिलो बाटोमा अग्रसर गराउँछ, जुन पछि गएर गाह्रा सावित हुन्छ ।

२०७७ असार १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्