News Portal

सित्तैमा सफलता भेटिदैन

मोटिभेटन्यूज संवाददाता
५३ पटक

काठमाडौं – एक पटक एउटा राजाले आफ्ना सल्लाहकारहरुलाई भेला गराएर सताब्दीयौंको संग्रह गर्न आदेश दियो । उनी त्यो ज्ञान भावि पुस्तालाई दिन चाहान्थे । सल्लाहकारहरुले धेरै मिहिनेत गरेर धेरै संग्रहित ज्ञानको ग्रन्थहरु लिएर राजा सामु आए । राजाले ती ग्रन्थ देखेर यो धेरै लामो छ, मान्छेहरु यो पढ्ने छैनन् भने । उनले तिनीहरुलाई संक्षेपमा लेख्न भने ।

उनीहरु गए र केही समयपछि एउटा ग्रन्थ लिएर आए । ती राजाले त्यो पनि लामै भयो, एक पाठ मात्र बनाएर लिएर आउनु भने । पछि त्यो पाठ पनि लामो भयो भने । उनीहरुले एक पेज मात्र ल्याएर आए, त्यो पनि लामै भयो भने । अन्त्यमा उनीहरुले एक बाक्यमात्र लिएर आए । त्यसले उनलाई सन्तुष्टि दियो ।

उसले भविश्यका पुस्ताहरुलाई हस्तान्तरण गर्न चाहेको ज्ञान ‘संसारमा केही पनि सित्तैमा पाइँदैन’ भन्ने थियो । वास्तवमा ‘केही पनि सित्तैमा पाइदैन’ भन्नुको अर्थ तपाईँ केही नगरी केही पनि चाहानुहुन्न भन्ने हो । अर्को शब्दमा तपाई जे गर्नुहुन्छ त्यही अनुसार प्राप्त हुन्छ ।

यदी तपाईले आफ्नो काममा धेरै लगानी गर्नु भएन भने तपाईँ त्यसबाट प्रतिफल पनि धेरै पाउनुहुन्न । प्रत्येक समाजमा बसी बसी खान पल्केकाहरु हुन्छन । तिनीहरु केही नगरी केही प्राप्त गर्ने कुराको खोजीमा हुन्छन । त्यो उनीहरुले प्राप्त गर्न सक्दैनन । तसर्थ सफलता पनि केही नगरी प्राप्त हुँदैन ।

२०७७ असार २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्