News Portal

खतरा मोलेर असफल हुनुभन्दा खतरै नमोल्नु ठूलो गल्ति हो

मोटिभेटन्यूज संवाददाता
५२ पटक

काठमाडौं – सफलताको पछाडी राम्रोसँग विचार गरेर उठाइएका खतराहरुको पनि हात हुन्छ । खतरा मोल्नु भनेको वेवास्तापूर्वक व्यवहार गर्नु र जुवा खेल्नु होइन । मानिसहरु गैरजिम्मेवार र वेवास्तापूर्ण व्यवहारलाई नै खतर मोल्नु हो भनी ठान्छन् । उनीहरुको यस्तो कामले नकरात्मक परिणाम ल्याउँछ र तिनीहरु भाग्यदाई दोष दिन्छन ।

खतरा मोल्नु सापेक्ष छ । खतराको अर्थ फरक फरक मानिसहरुलाई फरक फरक हुन सक्छ । यो तालिमको नतिजा होे । तालिम प्राप्त हिमाल चढ्ने व्यक्ति र भर्खरै हिमाल चढ्न सिक्दै गरेको व्यक्ति दुबैलाई हिमाल चढ्नु खतरा हुन्छ ।

तालिम प्राप्त व्यक्तिलाई हिमाल चढ्नु वेवास्तापूर्वक खतरा मोल्नु होइन । ध्यानपूर्वक खतरा मोल्नु ज्ञान, तालिम, राम्रो अध्ययन, आत्माविश्वास र प्रतिशपर्धामा आधारित छ । यसले डरको सामना गर्न तपाईलाई साहस प्रदान गर्दछ ।

खतरा मोल्न कोषिस नगर्ने मान्छेहरुले कुनै पनि गल्ति गर्दैन । यद्यपी खतरा मोलेर असफल हुनुभन्दा खतरा मोल्दै नमोल्नु झन ठूलो गल्ति हो ।

निर्णय गर्न नसक्ने बानी संक्रामण रोग हो । अनिर्णयका कारणले धेरै मौका गुम्दछन । खतराहर लिनुहोस् तर जुवा नखेल्नुहोस् । खतरा लिनेहरु आफ्नो आँखा खुल्लै राखी अघि बढ्दछन् । जुवाडेहरु अध्यारोमा निशाना प्राहर गर्दन् ।

एक पटक एउटा किसानलाई कसैले सोध्यो, ‘के तपाईँले यो मौसमका लागि गहँ छर्नु भएको छ ?’ किसानले उत्तर दियो, ‘अहँ मैले छर्किन । म पानी पर्दैन भनेर डराएको छु ।’ त्यो मान्छेले फेरी सोध्यो, ‘के तपाईँले मकै छर्नुभयो त ?’ किसानले भन्यो, ‘किरा लाग्छ भनेर डराएको छु । त्यसैले मकैपनि रोपेको छैन ।’

त्यसपछि फेरी ती व्यक्तिले सोध, ‘त्यसोभए तपाईँले के रोप्नुभयो त ?’ किसानले भने, ‘केही पनि रोपिँन । मैले आफू घाटामा नपर्ने निर्णय रोजेँ ।’

२०७७ असार २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्