News Portal

पहिरोमा परी ३१ जनाको मृत्यु, दर्जनौं बेपत्ता

मोटिभेटन्यूज संवाददाता
१९५ पटक

काठमाडौं – हिजो रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको ज्यान गएको छ ।

३१ जनाको मृत्यु भएको छ भने, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।

लमजुङको वेशीसहर नगरपालिका ७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन्।

कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।

रूकुम पश्चिमको आठबिसकोट ३ मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन्।

ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन्। त्यस्तै अविरल बर्षाका कारण तराईका विभिन्न भागहरु डुवानको खतरामा छन ।

२०७७ असार २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्