News Portal

सफलताको रहस्य, ‘कसैको पक्ष लिनुहोस्’

मोटिभेटन्यूज संवाददाता
१६६ पटक

काठमाडौं – दृढ विश्वासको कमी भएका व्यक्तिहरु बीचको बाटोमा हिँड्छन । अनुमान गर्नहोस्, बीच सडकमा हिँड्नेको अवस्था के हुन्छ ? कुरा सिधा छ, उनीहरु गाडीद्वारा किचिन्छन ।

दृढ विश्वासविहिन व्यक्तिहरु कुुनै पनि कुरामा अडिक हुन सक्दैनन् । आत्मविश्वास र साहसको कमीले गर्दा त्यस्ता मान्छेहरु अरुसँगै हिँड्छन । उनीहरु आफै हिँड्न सक्दैनन् । अरुको हेराइमा राम्रो देखिनका लागि उनीहरु गलत बाटो जान्दा जान्दैपनि त्यसमै हिँड्छन । त्यसैले उनहरु अरुले जता डोर्याउँछन त्यतै जान्छन ।

केही मान्छेहरु आफूलाई विद्धान सम्झन्छन । किनभने उनीहरु गलत कुराको पक्ष लिँदैनन् । बास्तवमा तिनीहरुसँग गलत कुराको विरोध गर्ने साहास हुँदैन । गलत कुराको विरोध नगर्नुको अर्थ त्यसलाई समर्थन गर्नु हो भन्ने कुरा तिनीहरु बुझ्दैनन् ।

कुनै कुराको विरोधी हुनुको सट्टा कुनै कुराको पक्ष लिनुहोस् । यो नै सफलताको एउटा रहस्य हो । यसद्वारा तपाई समस्याको पाटो बन्नुको सट्टा समाधानको पाटो बन्नु हुनेछ । आफ्नो पक्षमा अटल रहन दृढ विश्वासको आवश्यकता पर्दछ ।

२०७७ असार २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्