News Portal

उद्धार टोलीसँग ‘मलाई भागवानले बचाउँछन तिमीहरु जाउ’ भन्ने व्यक्तिलाई बाढीले डुवायो

मोटिभेटन्यूज संवाददाता
१६५ पटक

 

काठमाडौं – बाढीले एउटा सानो शहरलाई डुबाउने खतरा बढिरहेको थियो । सबै मान्छेहरु सुरक्षित स्थानतीर गए । एउटा मान्छे ‘भगवानले मलाई बचाउने छन भन्ने मलाई पूर्ण आशा छ’ भन्दै त्यही बसे ।

पानीको स्तर बढेपछि उ घरको दोश्रो तलामा गए र एउटा नाउ उसलाई बचाउन आयो । फेरी तिनले मलाई देवताले बचाउने छन भन्दै सुरक्षित ठाउँमा जान अस्वीकार गरे । पानीको स्तर अझै बढ्यो र उ छतमा गयो ।

हेलिकप्टर उनलाई बचाउन आयो तर उनले देवताले बचाउने छन भन्दै जान फेरी पनि अस्वीकार गरे । अन्त्यमा पानीमा डुबेरको उनको मृत्यु भयो । उनी जब उ देवता भएको ठाउँमा पुगे, देवतालाई रिसाएर सोध्यो, ‘प्रभु तपाईँ प्रति मेरो पूर्ण आस्था थियो । तर किन मेरो प्रार्थनालाई वेवास्ता गरी मलाई डुवाउनु भयो । ?’

देवताले उत्तर दिए, ‘उसो भए तिमीलाई गाडी, डुङ्गा र हेलिकप्टर कसले पठाएको होला ? केही सोच्यौं ।’ धमण्डी मान्छेहरु प्राय अरुको विश्वास गर्दैनन् ।

तसर्थ, उत्तरदायित्व स्वीकारेर साथै कारण र परिणामा विश्वास गरेर भाग्यवानी धारणहरुबाट सुरक्षित रहन सकिन्छ । भाग्यमा विश्वास गरेर कोही पनि सुरक्षित हुँदैन । जीवनमा कुनैपनि लक्ष्य प्राप्त गर्न कार्य, योजना र तयारी आवश्यक पर्दछ ।

 

२०७७ असार ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्