
यू–१९ एसिया कप २०१८ मा समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले युएईको युवा टोलीलाई सनसनीपूर्ण प्रदर्शन गर्दै ३ विकेटले हराएको छ ।
विशाल लक्ष्य बनाउने क्रममा युएईका ओपनरहरु फहाद नवाज र अंशले २७.३ ओभरमा १५९ रनको साझेदारी गरेका थिए । यसरी सफल साझेदारी गर्ने क्रममा यि दुईले नेपाली बलरहरुलाई हैरान पारेका थिए । खेलको २८ औं ओभरमा नन्दन यादवले यो साझेदारी तोडेपछि नेपाली बलरहरुले बिस्तारै विकेट लिन थालेका थिए ।
बलिङतर्फ नेपालको लागि पवन शर्राफले १० ओभरमा ४३ रन दिंदै २ विकेट लिए । त्यस्तै नन्दन यादव र रसिद खानले पनि २ विकेट नै लिएभने सागर ढकाल र सूर्य तामाङले समान १ विकेट लिए ।
विशाल विजय लक्ष्य सफलता पूर्वक पछ्याएको नेपालले खेलको चौथो ओभरमा ओपनर तृत दासलाई गुमाएको थियो । दोश्रो विकेटको लागि ३० रनको साझेदारी भएपनि खेलको आठौं ओभरमा २ विकेट गुमाएपछि नेपाललाई दबाव परिसकेको थियो ।
लक्ष्य विशाल भएकोले नेपाली खेलाडिहरुले रन रेट भने उच्च नै कायम गरेका थिए । तेश्रो विकेटको लागि आसिफ शेख र सन्दीप जोराबिच ५९ रनको साझेदारी भएपछि नेपालले खेलमा लय पाएको थियो ।
उक्त साझेदारी पश्चात सन्दीप जोराले चौथो विकेटको लागि रोहित पौडेलसँग साझेदारी गर्न थालेपछि नेपालको जित सम्भव देखिन थालेको थियो । सन्दीपले अर्धशतक पुरा गरि आउट भएपछि रोहितले नेपाली ब्याटिङको कमान्ड सम्हालेका थिए । त्यसपछि पवन शर्राफ, कमल सिंह ऐरी र रसिद खानसँग ब्याटिङ गर्दै नेपालको स्कोरलाई युएइकै जतिनै अर्थात् २६८ रन बनाएपछि रोहित आउट भएका थिए । विजय रन प्रहार गर्न चुकेपनि यो खेलको नायक रोहित नै भए ।
खेलको ४९.२ औं ओभरमा रसिद खानले छक्का प्रहार गर्दै कुल २७४ रन बनाउँदै नेपालको जितलाई औपचारिकता दिएसँगै नेपालले इतिहासकै सबैभन्दा ठुलो लक्ष्य पुरा ग¥यो ।
२०७५ असोज १६ गते प्रकाशित
