News Portal

गीतमा देखियो रास्कोट नगरपालिकाको समृद्धि (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाता
१५० पटक

काठमाडौं – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले अर्को लोक देउडा गीत बजारमा ल्याएको छ । ‘रास्कोटको समृद्धि’ बोलको गीत नगरपालिकाको आर्थिक सहयोगमा रारा कर्णाली म्युजिकमार्फत बजारमा आएको हो ।

गीतमा जुनु रिजाल काफ्ले र धर्मराज न्यौपाने शिशिरको स्वर रहेको छ । उक्त गीतमा धर्मराज न्यौपानेको शब्द÷संगित रहेको छ भने गीतमा स्वर्णीम शाही, मुकेश गुप्ता, स्मृति शाही र पुष्पा बोहोराले कोरष भरेका छन ।

गीतको म्यजिक भिडियोको छायाङ्कन रास्कोट नगरपालिकाका विभिन्न ठाउँमा गरिएको छ । उक्त गीतमा भुपेन्द्र बम, निशा उपाध्याय, मनिषा हमाल लगायतका स्थानिय कलाकारहरुले अभिनय गरेका छन । यसअघि नगरपालिकाले ‘रास्कोट नागरपालिका’ बोलको गीत सार्वजनिक गरेको थियो ।

२०७७ साउन २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्