News Portal

डोटीका बस्तीहरु बाढीको जोखिममा

मोटिभेटन्यूज संवाददाता
७० पटक

डोटी–बर्षेनी सेती नदीको कटानले डोटी जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ ।
नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।
वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले यहाँका स्थानीयवासीलाई कति बेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयवासी गणेश विष्टले बताए । जिल्लाको शिखर नगरपालिकाको वडा नं १० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षात्को समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ ।

सेती नदीमा पानिको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन् । सेतीनदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङलगायतका अधिकांश बस्तीका खेत नदीले कटान गर्न थालेको भए पनि समयमै सम्बन्धित निकायले रोकथामका लागि पहल नगरेका कारण समस्या हुन थालेको अर्का स्थानीय देवहादुर धामीले बताए ।

२०७७ साउन ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्