मोटिभेटन्यूज संवाददाताकाठमाडौं

असोज १६ काठमाडौं – नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अर्थात् काठमाडौं–तराई/मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि दक्षिण कोरियाको सुसङ ईन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको छ । नेपाली सेनाका अनुसार डीपीआर तयार पार्ने सम्झौतामा नेपाली सेनाका प्रा. उपरथी योगेन्द्रबहादुर खाँण र सुसङ कम्पनीका अध्यक्ष किह्युन ह्वाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
भ्याटसहित १० करोड १२ लाख ७८ हजार नौ सय २३ रुपैयाँको लागतमा कात्तिक ४ गतेबाट डीपीआर निर्माण सुचारु गरी १०५ दिनको अवधिमा तयार गरिसक्ने गरि सम्झौतामा हस्ताक्षर भएको छ ।
२०७५ असोज १६ गते प्रकाशित
