News Portal

विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी शाही साधारण तारिखमा रिहा

मोटिभेटन्यूज संवाददाता
२०९ पटक

काठमाडौं – विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही (अखिल) रिहा भएका छन । जिल्ला अदालतले साधारण तारिखमा राख्ने सरकारको नाममा आदेश दिएपछि शाहीलाई प्रहरीले रिहा गरेको हो । अदालतको आदेशमा रिहा भएका उनलाई प्रहरीले रिहा भए लगत्तै पुन पक्राउ गरेको छ ।

विस्फोटक पदार्थ मुद्धामा पक्राउ परी थुनामा रहेका शाहीलाई अदालतका न्यायधिस माधब प्रसाद अधिकारीको इजलासले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । उनी विरुद्ध सरकारको तर्फबाट राजिव गिरीले विस्फोटक पदार्थको मुद्धा दर्ता गरेका थिए ।

७० करोड काण्डमा भुछिएका पूर्व सूचना तथा संचार प्रविधि मन्त्री गोकुला बास्कोटाको घरमा बम विस्फोट भएको घटनलाई आधार बनाएर शाहीलाई असार १५ गते पक्राउ गरिएको थियो ।

शाहीको अहिले मेडिकल चेकअप भइरहेको छ । उनलाई कहाँ पठाउने भन्ने विषयमा छलफल भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

२०७७ साउन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्