News Portal

नेपालमा लकडाउन अन्त्य भएको घोषणा

मोटिभेटन्यूज संवाददाता
१११ पटक

काठमाडौं – सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

यस्तै, सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

२०७७ साउन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्