News Portal

लकडाउन खुलेपनि धेरै कुरामा प्रतिबन्ध कायमै, कुन कुनमा छ प्रतिबन्ध ?

मोटिभेटन्यूज संवाददाता
१०४ पटक

काठमाडौं – सरकारले १२० दिनअघिदेखि लगाएको लकडाउन खोलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ गते मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन खोलेपछि केही विषयमा भने प्रतिबन्ध कायमै छ ।

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानामा लगडाउन कायमै रहेको सरकारका प्रबत्ता सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

२०७७ साउन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्