News Portal

पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् तपाईँको आजको राशिफल

मोटिभेटन्यूज संवाददाता
१४४ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज नयाँ नयाँ कार्य र शुभकार्यको योजना बन्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक कारोवार विस्तारै सुधार उन्मुख हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्चपनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शिक्षामा सफलता मिल्नेछ । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल

२०७७ साउन ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्