News Portal

प्रेरक प्रसंग : खुनखार चोर र आमाबुवा

मोटिभेटन्यूज संवाददाता
९३ पटक

काठमाडौं – एउटा न्यायधिशले चोेरीको आरोप लागेको व्यक्तिलाई सजाय सुनाउँनुअघि ‘तिमीलाई आफ्नो बचाउमा केही भन्नु छ ?’ भनेर सोधे । उसले भन्यो, ‘श्रीमान मेरो बुवाआमालाई पनि मसँगै जेल सजाय सुनाउँन आग्रह गर्दछु । न्यायधिशले प्रश्न गरे ‘किन ?’

उसले भन्यो, ‘मैले सानोमा विद्यालयबाट पेन्सिल चोरेर ल्याउँथें । बुवाआमालाई यसबारेमा थाहा थियो तर उहाँहरुले मलाई केही पनि भन्नुभएन । मैले पेन चार्न थालेँ । उहाँहरुले मलाई केही भन्नुभएन । मैले विद्यालय र छरछिमेकका समानहरु चोर्न थालेँ । चोरी गर्ने बानी लाग्यो । उहाँहरुले मेरो चोरी गर्ने बानी थाहा हुँदाहुँदै पनि एक शब्द केही भन्नुभएन । यदी चोरी गर्नुमा मेरो दोष छ र मैले जेल जानुपर्छ भने मेरा आमाबुवा पनि दोषि हुनुहुन्छ । र उहाँ पनि जेल जानुपर्छ ।’

उसले भनेको कुरा सही हो । उसले गरेको चोरीको जिम्मेवारी पूर्णतः उसले नै लिनुपर्छ त्यसमा कुनै शंका छैन । तर उसले उठाएको प्रश्न भने एकदमै गम्भीर छ । के उसका आमाबुवाले कर्तव्य पालन गरेका हुन त ? निश्चय नै होइनन् ।

बालबालीकालाई छनोटको अधिकार दिनु राम्रो हो तर निर्देशन विनाको छनोटले क्षेति निम्त्याउँछ । त्याग र आत्माअनुशासनको परिणाम मानसिक र शारिरीक चुस्तता हो ।

अमेरिकाको पारिवारिक एसोसियसन जर्नलका अनुसार आमाबाबुले हप्तामा १५ मिनेट मात्रै आफ्ना बालबालिकासँग ‘अर्थपूर्ण कुरा’ गर्दछन । बाँकी समय बालबालिकाहरु आफ्ना साथीसंगी र टेलिभिजन कार्यक्रमहरबाट जेजति नैतिक शिक्षा पाउँछन त्यही बटुल्न बाध्य हुन्छन ।

यदी आफ्नो बालबालिकाका लागि आमाबुवाले प्रयाप्त समय दिएर संंस्कार सिकाएको खण्डमा माथिको बच्चको जस्तो दुर्दशा पक्का हुने छैन ।

२०७७ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्