News Portal

पोलीयो ग्रस्त विल्माको सफलताको कथा

मोटिभेटन्यूज संवाददाता
११३ पटक

काठमाडौं – विल्मा रुडोल्फ अमेरिकाको टेनेसी रज्यको एउटा गरिव परिवारमा जन्मिएकी थिइन । चार बर्षको छदा उनलाई डवल निमोनियाँ र कालाज्वारले ग्रस्त पार्यो । उनी पोलीयो ग्रस्त भइन र असहाय बन्न पुगिन । उनले हिडडुल गर्न ब्रेसको सहायता लिन पर्ने भने ।

डाक्टरले उनलाई आफ्नो खुट्टाले कहिल्यौं हिडडुल गर्न नसक्ने बताए । तर आमाले उनलाई हौसला दिइरहिन । ‘भगवानले दिएको शक्तिले तिमीले आफूले चाहेको कुरा गर्न सक्छों ।’ आमाले उनलाई बारम्बार सम्झाइरहन्थिन् । विल्मा भन्थिन्, ‘म संसारकै तेज गतिमा डौड्ने खेलाडी बन्न चहान्छु ।’

नौं बर्षको उमेरमा डाक्टरको सल्लाह विपरित उनले ब्रेसको प्रयोग गर्न छोडिदिइन र आफ्नो खुट्टाले हिँडडुल गर्न थालिन । १३ बर्षको उमेरमा उनले पहिलो पटक डौड प्रतियोगितामा भाग लिइन् । त्यसदिन उनी अन्तिम भइन । हारका बाबजुत पनि उनले प्रतियोगितामा भाग तिन छोडिनन् । उनी विस्तारै तेश्रो, चौथो स्थान आउन थालिन र एक दिन प्रथम स्थानमा आउन सफल भइन ।

१५ बर्षको उमेरमा विल्मा टेनेसी स्टेट विश्वविद्यालयमा भर्ना भइन । त्यहाँ उनले डौड प्रशिक्षक एड टेम्पलाई भेटिन । उनले टेम्पलाई भनिन्, ‘म संसारको तेज गतिमा डौड्ने महिला हुन चाहान्छु ।’ प्रतिउत्तरमा टेक्पले भने, ‘यदि तिम्रो डौड जित्ने तिब्र इच्छा छ भने कसैलेपनि तिमीलाई रोक्न सक्दैन । म पनि तिमीलाई सहयोग गर्न सक्छु ।’

उनी उत्कृष्ट खेलाडीहरु सहभागी भएका ओलम्पिक प्रतियोगितमा सहभागी भइन । त्यहाँ उनले जुट्टा हेइनीलाई नियालिन जुट्टा त्यतिन्जेल सम्मको अपराजित खेलाडी थिइन । प्रतियोगिताको पहिलो खेल १०० मिटरको थियो । विल्माले जुट्टा हेइनीलाई पराजित गरेर पहिलो स्वर्णपदक जितिन । दोश्रो खेल २०० मिटरको डौड थियो । विल्माले दोश्रो खेल पनि जितिन । तेश्रो खेल ४ सय मिटर रिले डौड थियो । विल्मा फेरी एक पटक जुट्टा हेइनीसँग प्रतियोगिता गरिरहेकी थिइन ।

रिले डौडमा छिटो डौड्ने खेलाडीलाई प्राय पछिल्लो पालोमा राखिन्छ । तीन जनाले सहजतापूर्वक आफ्नो पालो पुरा गरे । आफ्नो साथीबाट प्याटन लिएर विल्मा डौड्ने सुरमा थिइन, उनको प्याटल भुइमा खस्यो । उनले जुट्टा हेइनीलाई हेरिन, उनी पनि पयटल लिएर डौड्न तयार थिइन । विल्माले हत्तपत्त प्याटल टिपेर हातमा लिइन र मेसिननै होकी जस्तो गरी डौडिन थालिन । उनले तेश्रो पटक पनि स्वर्णपदक नै जितिन ।

यो कुरा अहिले इतिहास भइसक्यो, सन १९६० को ओलम्पिकमा प्यारालाइसिस भएकी महिला तेज गतिमा डौड्न सक्षम भएकी थिइन ।

विल्माको कथाबाट हामीले के सिक्न सक्छौं ? यसले सफल व्यक्तिहरु समस्याको बाबजुद पनि आफ्नो कामलाई निरन्तरता दिन्छन भन्ने सन्देश दिन्छ । जब हामी मानिसहरुले आफ्नो समस्या अथवा कमजोरीलाई मौकामा परिर्वतन गरेको घटना पढ्छौं वा सुन्छौं, तब त्यसले हामीलाई प्रेरणा दिन्छ । त्यस्ता व्यक्तिको जीवन कथा, आत्माबृतान्त नियमित रुपमा पढ्ने हो भने हामी प्रेरित हुन्छौं । र आफ्नो काममा संधै उत्कृष्ट भइरहन्छौं ।

२०७७ साउन १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्