News Portal

हामी किन निराश छौँ ? यसरी हुन सकिन्छ खुशी

मोटिभेटन्यूज संवाददाता
१०३ पटक

काठमाडौं – आज हामी आन्तरिक शक्ति र बाह्य शक्तिको विषयमा छलफल गर्दै छौं । एक जना सन्त कतै गइरहेका रहेछन् । बाटोमा एउटा मानिसले सन्तलाई तथानाम गाली गर्न थालेछ । उसले गाली गरिरहँदा सन्त चुपचाप लागेर सुनिरहे । त्यो मानिस गाली गर्दा गर्दा थाकेर चुप लागेछ ।

सन्तले त्यस व्यक्तिलाई प्रश्न गरे छन, ‘यदी कसैले दिएको बस्तु लिइदैन भने त्यो कोसँग रहन्छ ?’ ती व्यक्तिले भनेछन, ‘जसको हो त्यसैसँग रहस्छ ।’ सन्तले ती मानिसलाई, ‘त्यसो भए म तिम्रो गाली लिन्न’ भनेर आफ्नो बाटो लागे । ती व्यक्ति अक्क न बक्क भए । सन्त आन्तरिक शक्तिले चलेका व्यक्ति थिए ।

जबसम्म हामी बाहिरी श्रोतलाई दोष दिइरहन्छौं, हाम्रो दुःखहरु निरन्तर रुपमा आइरहन्छन र हामी असहाय अनुभव गर्न थाल्छौं । हामीले आफ्ना जिम्मेवारी र व्यवहार स्वीकार नगरेसम्म परिवर्तन हुन सक्दैनौं । यसतर्फ हाम्रो पहिलो कदम आफैलाई निम्न प्रश्न गर्नु हो ।

१) म किन निराश छु ?
२) म किन क्रूद्ध छु ?
३) म किन चिन्तित छु ?

यी प्रश्न गरिसकेपछि हामी यसको उत्तर पनि पाउन सक्छौं । खुःशी उच्च स्वाभिमानको प्रश्न हो । यदी मानिहरुलाई खुशी बनाउने कारणहरु केके हुन ? भनेर प्रश्न सोध्नुभयो भने तपाईँले अनेकौं किसिमका उत्तरहरु पाउनु हुनेछ ।

धेरैले धन सम्पति लगायतका भौतिक बस्तुहरुको प्राप्तिबाट सुख पाउन सकिने बताउने छन । तर त्यो सहि होइन । बस्तु प्राप्तिबाट खुशी पाउन सकिदैन । यो त अवस्थाले गर्दा आउने कुरा हो । यथेष्ट सांसारिक कुराहरु पाएर पनि खुशी नहुने मानिसहरु छन । भौतिक बस्तुको प्राप्तिले मात्र खुशी हुन सकिदैन ।

खुशी आन्तरिक कुरा हो । यो पुतली जस्तो हुन्छ । यदी तपाईँ त्यसको पछि लाग्नुभयो भने त्यो उडेको उड्यै गर्छ । यदी तपाईँ चुप लागेर बस्नु भयो भने त्यो तपाईँकै पाखुरा तीर बस्न आइपुग्छ ।

२०७७ साउन १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्