News Portal

झन–झन बढ्दै सुनको मूत्य, कतिमा भइरहेको छ कारोबार ?

मोटिभेटन्यूज संवाददाता
११० पटक

काठमाडौं – सुनको मूल्य तोला एक हजार दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ९६ हजार तीन सय एकैमा कारोबार भएको सुन सोमबार १२ सय रूपैयाँ बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ३२ डलरमा कारोबार भएको छ । आइतबार बिहान प्रतिऔंस १ हजार ९ सय एक डलरमा कारोबार भएको थियो । सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबार न्युन भएको व्यवसायीको भनाई छ ।

२०७७ साउन १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्