News Portal

काठमाडौंमा भेटियो १५ किलो सुन, प्रहरीनै चकित

मोटिभेटन्यूज संवाददाता
११३ पटक

काठमाडौं – काठमाडौंमा प्रहरीले १५ किलो सुन बरामद गरेको छ । दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।

२०७७ साउन १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्