News Portal

तपाईँ अरुलाई जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै प्रतिफल पाउनुहुन्छ, नपत्याए हेर्नुहोस्

मोटिभेटन्यूज संवाददाता
११२ पटक

काठमाडौं – एउटा सानो बालक आमासँग रिसाएर कराउन थाल्यो । ‘म तिमीलाई मन पराउँदिन । म तिमीलाई मन पराउँदिन ।’ तर यो भन्दा बाबुआमाले पिट्लान भन्ने डरले ऊ घर छोडेर भाग्यो ।

घर भन्दा परको ढिस्कोमा पुगेर फेरी कराउन थाल्यो, ‘म तिमीलाई मन पराउँदिन ।’ ढिस्कोमा उसले काराएको स्वरको प्रतिध्वनी आयो । अरु कसैले कराएको होला भनेर डरायो र हत्त पत्त घर पुगेर आमालाई अंगालो हालेर, ‘म तिमीलाई माया गर्छु । म तिमीलाई माया गर्छु ।’ भन्न थाल्यो ।

त्यो बालक फेरी ढिस्कोमा गयो र करायो, ‘म तिमीलाई माया गर्छु, म तिमीलाई माया गर्छू ।’ फेरी पनि प्रतिध्वनी आयो तर त्यसले यस पटक ‘म तिमीलाई माया गर्छु’ भन्यो ।

त्यस घटनाले बालकलाई एउटा शिक्षा दियो । हाम्रो जीवन प्रतिध्वनी जस्तै हो । हामीले जे दिन्छौं त्यही फिर्ता पाउँछौं । तपाईँलाई थाहै होला, अष्ट्रिलियामा बुमराङ खेल खेलिन्छ । एउटा बाँकटे आकारको चेप्टो बस्तु फ्याँकेर खेलिने खेललाई बुमराङ भनिन्छ । मानिसले जहाँबाट बुमराङ फ्याँकेको हुन्छ, त्यो हावामा एक चक्कर लगाएर त्यहीँ आइपुग्छ ।

हामीले अरुप्रति व्यवहार गर्नुपनि बुमराङ जस्तै हो । जे फ्याँक्यो त्यही हामी भए ठाँउमा आइपुग्छ । बेन्जामीन फ्रङ्कलिनले भनेका छन, ‘अरुका लागि तपाईँ असल हुनुभयो भने तपाईँ आफ्नो लागि उत्कृष्ट बन्नुहुन्छ ।’

तपाईँको विचार, काम र व्यवहार ढिलो वा चाँडो जस्ताको जस्तै तपाईँ समक्ष फर्किने छन्, बुमराङ जस्तै । तसर्थ तपाईँ अरुलाई राम्रो व्यवहार गर्नुहोस् त्यसको बदलामा तपाईँले पनि राम्रो व्यहार नै पाउनु हुनेछ ।

२०७७ साउन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्