News Portal

बर्षमा एक करोडको खाजा खान्छन् लतिलपुरका मेयर ‘चिरीबाबु महर्जन’

मोटिभेटन्यूज संवाददाता
११८८ पटक

काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उनका कर्मचारीहरुले बर्षमा एक करोड बढिको खाजा खाएको पाइएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७५/२०७६ मा एक करोड १ लाख ८१ हजार रुपैयाँको खाजा खाएको महालेखा परिक्षकको कार्यलयले जनाएको छ ।

महानगरपातलकाले १३९ पदातधकारीलाई खाजा खर्च स्वरुप १ करोड १ लाख ८१ हजार खाजा भत्ता उपलब्ध गराए छ । महालेखा परिक्षकको प्रतिवेदनले नियममा व्यवस्था नभएको खाजा भत्ता खर्च लेखेको काननुसम्मत नदेखिएको उल्लेख छ ।

खाजाका नाममा रकम वितरण गरेपछि मेयर महर्जनको चर्को आलोचना भइरहेको छ । कर्मचारीलाई वितरण गरिएको उक्त रकम प्रतिब्यक्ति ७३ हजार भन्दा बढि पर्छ । त्यसमा पनि कर्मचारीको तहगत रुपमा भक्ता वितरण गरिएको छ । केहीले लाखौं रुपैयाँ बुझेका छन भने केहीलाई नाममात्रको भत्ता उपलब्ध गराइएको श्रोतको दावि छ ।

त्यस्तै, महानगरपालिकाले आर्थिक बर्ष २०७५/७६ मा ८८ करोड २५ लाख रुपेयाँ अनियममितता गरेको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार उक्त रकम वेरुजु देखिएको हो । महानगरपालिकाको आजसम्म १ अर्ब ५३ करोड ६२ लाख रुपैँया वेरुजु रहेको छ ।

२०७७ साउन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्