News Portal

प्रहरी हेटक्वाटरमा कोरोना संक्रमितको संख्या ३६ पुग्यो

मोटिभेटन्यूज संवाददाता
१०० पटक

काठमाडौं – प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना संक्रमित हुनेको संख्या ३६ पुगेको छ । ३६ जना प्रहरी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

मंगलबार ३० जनामा कोरोना पुष्टि भएको थियो भने बुधबार विहान थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये अधिकांश सवारी शाखाका र केही सञ्चार शाखाका अधिकारीहरु रहेका छन । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।

कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

२०७७ साउन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्