News Portal

महानगरीय प्रहरी परिसरले १४ किलो सुन गायव पारेको आरोप, अनसन्धानको जिम्मा महाशाखालाई

मोटिभेटन्यूज संवाददाता
१५५ पटक

काठमाडौं – महानगरिय प्रहरी परिसर काठमाडौंको भुमिका शंकास्पद देखिएको छ । कमलादी गणेशस्थान नजिकैबाट बरामद गरिएको साढे १४ केजी सुन आधा घण्टामा चाँदी भएपछि परिसरमाथि शंका उत्पन्न भएको हो ।

उत्तः सुन केही समयपछि १४ किलो चाँदी र आधा केजी सुन भएको घटना बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखालाई जिम्मेवारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको भूमिका शंकास्पद देखिएपछि ती दुवै कार्यालयले छानविन तथा अनुसन्धानको जिम्मा महाशाखालाई दिएको हो ।

बा६च ५५१९ नम्बरको स्कार्पियोमा आएका व्यक्तिले सेतो झोलामा उक्त बस्तु छोडेर भागेपछि प्रहरीले उक्त सवारीसाधन नियन्त्रणमा लिनु भन्दा पनि सामान बरामद गर्न लागेपछि स्कार्पियो भाग्न सफल भएको थियो ।

प्रहरीले शुरुमा १५ किलो सुन बरामद गरेको बताए पनि पछि पत्रकार सम्मेलन गरेर साँढे १४ केजी चाँदी र ५ सय ग्राम सुन भएको बताएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले उक्त घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिनए ।

उनले भने ‘हामी अहिले अनुसन्धान गर्दै छौैं, अपराधीको लगभग पहिचान भएको छ, त्यसको परिमाण केही दिनमा आउला ।’

२०७७ साउन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्