News Portal

प्रेरक प्रसंग : राम्रो काम गर्नुहोस्, त्यसको परिणाम केही बर्षपछि देखिने छ

मोटिभेटन्यूज संवाददाता
१०२ पटक

काठमाडौं – धेरै बर्षअघि दुई जना केटाहरुलाई स्टाडफोर्ड युनिभर्सिटीमा पढ्दा पैसाको अभाव भयो । उनीहरु प्रख्यात पियानोबादक इग्नेसी पेडरवेस्कीको पियानो श्रवण कार्यक्रम गर्ने योजना बनाए । कार्यक्रमबाट बचेको पैसाले क्याम्पसको ट्युसन र होस्टेलको शुल्क तिर्ने योजना बनाए ।

पेडरवेस्की राजी भए तर उनले आफूले २००० डलर लिने बताए । त्यो समयमा २००० डलर भनेको धेरै ठूलो रकम थियो । उनीहरु कार्यक्रम सकिएपछि पैसा दिने सहमतिमा कार्यक्रमको तयारी गर्न लागे । कार्यक्रम सकिएपछि हिसाव गर्दा १६ सय डलर मात्र बच्यो ।

कार्यंक्रम सकिएपछि पेडरवेस्कीलाई उनीहरुले कार्यक्रम गर्नुको कारण र भएको सारा बृतान्त सुनाए र आफूसँग १६ सय डलर मात्र बचेको कुरा सुनाए । उनीहरुले ४०० डलर पछि तिर्ने प्रतिज्ञापत्र सहित पेडरवेस्कीलाई उक्त पैसा दिए । उनीहरुले जति सक्यो चाँडो पैसा कमाएर बाँकी पैसा तिर्ने बाचा गरे । अब उनीहरुको पढाई पुरा नहुने लक्षण देखियो ।

‘त्यस्तो हुँदैन’ भन्दै पेडरवेस्कीले उनीहरुले दिएको प्रतिज्ञापत्र दुई टुक्रा पारे । उनले भने, ‘यो १६ सय तिमीहरु राख र भएको सबै खर्च कटाएर तिमीहरुले १०–१० प्रतिशत खर्च लिएर बाँकी पैसा मलाई देऊ ।’

त्यस घटनापछि धेरै बर्षहरु विते । पहिलो विश्वयुद्ध भयो र यसले धेरै विनास गर्यो । पेडरवेस्की अन्तराष्ट्रिय व्यक्तित्व बनिसकेका थिए र उनी आफ्नो मुलुक पोल्याण्डमा भोकमरी विरुद्ध लागिपरेका थिए । उनलाई सहयोग गर्ने एक मात्र व्यक्ति हर्वट हुभर थिए । हुभर अमेरिकी खाध्य तथा सहयोग विभागका प्रमुख थिए । हुभरले पेडरस्वेकीको अनुरोधलाई स्वीकार गरे र पोल्याण्डमा खाध्यन्न उपलब्ध गराए ।

आफ्नो प्रयासले पोल्याण्डमा खाध्यान्न उपलब्ध भएपछि हुभरलाई धन्यबाद दिन पेडरस्वेकी पेरिस पुगे । उनले हुडरसमक्ष औपाचारिक रुपमा धन्यबाद दिए । ‘ठिक छ, ठिक छ, पेडरवेस्की ज्यू’, हुभरले भने, ‘तपाईँले पनि मलाई क्याक्पसमा छँदा सहयोग गर्नुभएको थियो नी, तपाईँले विर्सिसक्नु भयो होला ।’

जीवनमा राम्रो कुराले पुनरआगमनको बाटो लिन्छ । यो प्रकृतिको नियम हो नै । कसैले पनि राम्रो पाउँछु भनेर राम्रा काम गर्नु पर्दैन । राम्रो कामको प्रयास गरियो भने स्वतः राम्रो हुँदै आउँछ । यो स्वभाविक रुपमा हुने कुरा हो ।

२०७७ साउन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्