News Portal

प्रेरक प्रसंग : तपाईँ के सोच्नुहुन्छ त्यही प्राप्त गर्न सक्नुहुन्छ

मोटिभेटन्यूज संवाददाता
१४५ पटक

काठमाडौं – एउटा कथा छ, गाउँका एक जना बुझ्झकी मान्छे घर बाहिर बसिरहेका रहेछन । एउटा बटुवा आएर उसलाई सोधेछ, ‘म आफ्नो गाउँ छोड्ने विचारमा छु । यो गाउँका मान्छेहरु कस्ता छन ?’

उनले त्यो बटुवालाई प्रश्न गरे, ‘तिम्रो गाउँमा कस्ता मान्छे छन् र ?’ यात्रुले भन्यो, ‘तिनीहरु, निज, निर्दयी र जङ्गली छन् ।’ बटुवाको कुरा सुनेपछि उनले भने, ‘हाम्रा गाउँमा पनि त्यस्तै मान्छे छन् ।’

केही समयपछि अर्को बटुवा आएर उनलाई त्यस्तो प्रश्न गरे । उनले पनि बटुवालाई सोभे, ‘तिम्रो गाउँमा कस्ता मान्छे छन् र ? बटुवाले भन्यो, ‘तिनीहरु सहयोगी, सहृदयी, शीष्ट र राम्रा प्रवृतिका छन ।’ बटुवाको कुरा सुनेपछि उनले भने, ‘हाम्रो गाउँमा पनि यस्तै मान्छे भेट्ने छौं ।’

प्रायः के हुन्छ भने हामी आफ्नो दृष्टिकोणले बस्तुस्थितिलाई बुझिरहेका हुन्छौं । धेरैजसो अवस्थामा हाम्रो व्यवहार जस्तो हुन्छ, त्यसैका आधारमा अरुले हामीसँग व्यवहार गर्दछन । यदी हाम्रो उद्देश्य राम्रो छ भने हामी अरुको उद्देश्यपनि रामै्र होला भनेर सोच्छौं । यदी हामीभित्र नकारात्मक सोच छ भने अरुको उद्देश्यपनि नकरात्मक लाग्न सक्छ ।

२०७७ साउन १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्