News Portal

अकुत सम्पती कमाएको भन्ने कुरा निराधार : सांसद रावल

मोटिभेटन्यूज संवाददाता
१६९ पटक

काठमाडौं – कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद झपट बहादुर रावलले आफूमाथि लागेका आरोपहरु निराधार भएको बताएका छन । मोटिभेट न्यूज डटकममा प्रकाशित ‘नेकपा सांसद रावलका ५ काण्ड : कर छलीदेखि सरकारी जग्गा कब्जासम्म’ शिर्षकको समाचारमाथि खण्डन गर्दै उक्त समाचारमा भएको कुरा असत्य भएको बताएका हुन ।

मोटिभेट न्यूज डटकमका सम्पादकलाई पत्र पठाउँदै रावलले समाचारमा भएका विषयहरु प्रमाणित गर्न चुनौती दिएका छन । उनले समाचार पूर्वाग्रह रुपमा सम्प्रेषण भएको भन्दै त्यसमा कुनैपनि सत्यता नरहेको स्पष्ट पारेका छन ।

उनले खण्डनमा जे सुकै कुरा लेखेको भएपछि हामी हाम्रो श्रोतमा विश्वस्त छौं । आगामी दिनहरुमा उनका यी र यस्ता खालका कर्तुतहरुको पर्दाफाँस गर्दै समाचार साँचो हो भन्नका लागि प्रमाणित गर्ने प्रयास गर्नेछौं । समाचारमा भएका कुराहरुमाथि नियमित रुपमा फ्लोअप गर्दै स्थतलगत समाग्रीहरु प्रकाशित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

२०७७ साउन १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्