News Portal

निर्मला बलात्कार प्रकरणमा अनावश्यक राजनीति घुसाउने काम भयो : गृहमन्त्री बादल

रासस काठमाडौं
३०९ पटक
काठमाडौं

असोज १७, चितवन – गृहमन्त्री रामबहादुर थापा (बादल)ले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन् ।

आज प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिक भएको बताए । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिए ।

सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए । गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताए । उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताए ।

पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए । उनले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको उनले बताए । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।”

साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उनले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताए

 

२०७५ असोज १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्