News Portal

मेलम्ची पहिरो अपडेट : ५ जनाको सव भेटियो, २ जनाको पहिचान

मोटिभेटन्यूज संवाददाता
१११ पटक
सांकेतिक तस्वीर

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा परि वेपत्ता भएको ५ जनाको सव भेटिएको छद्ध । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।

मृत्यु हुनेमा वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरी रहेको प्रहरी जनाएको छ । अन्य मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले बताए

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।

प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।

अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना खुलेको छैन ।

२०७७ साउन १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्