
असोज १७, काठमाडौं- सन २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकप छनोटको पहिलो पाईला अन्तर्गत एसियाली उप-क्षेत्रिय “बि” छनोट प्रतियोगिता मा नेपालले पहिलो खेलमा म्यानमारलार्इ ८ विकेटले हराएको छ । म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले २ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालका लागि करण केसी १४ तथा अनिल शाहले ११ रन बनाए । विनोद भण्डारीले १ रन जोडे भने प्रदिप ऐरी शून्य रनमा आउट भए ।
टस हारेर फिल्डिङ रोजेको नेपालले म्यानमारलाई २९ रन मै अलआउट गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा समेटिएको हो । म्यानमारलाई सस्तैमा समेट्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २ ओभरमा ३ रन दिदै ४ विकेट लिए भने ललित राजबन्सिले ३ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ३ विकेट हात पारेका थिए । त्यस्तै गरि नेपालका ललित भण्डारीले १ विकेट लिएका थिए ।
ब्याटिङ तर्फ म्यानमारका ६ जना ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए भने एक जना ब्याट्सम्यानले मात्र १० रन बनाउन सकेका थिए ।
२०७५ असोज १७ गते प्रकाशित
