News Portal

तीन दिन देशभर वर्षा हुने

मोटिभेटन्यूज संवाददाता
६८ पटक

आगामी तीन दिन मनसुन सक्रिय हुने हुँदा देशभर वर्षा हुने भएको छ।

आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुईरतीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। “केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, कँडेलले भनिन्।

यस वर्ष मनसुन बढी सक्रिय भएकाले निरन्तर वर्षा भइरहेको छ। मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ।

आज रातिबाट दुई÷तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पहिरो र बाढीको जोखिम भएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

२०७७ साउन २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्