News Portal

दुर्घटनामा तीन जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
७८ पटक

रुपन्देही – रोहिणी गाउँपालिकामा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रोहिणी गाउँपालिका–४ छिपागढमा लु २ च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए।

शुक्रबार राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीलेले जनाएको छ।

२०७७ साउन २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्