News Portal

साढे ३३ किलो सुनकाण्ड : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१२८३ पटक
काठमाडौं

असोज १७, काठमाडौं– साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न भएको आरोपमा निलम्बनमा परेका दुई प्रहरी अधिकृतका निलम्बन फुकुवा भएको छ। एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन बुधबारदेखि फुकुवा भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए ।

२०७५ असोज १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्