News Portal

कोरोनामुक्त जिल्ला बन्यो ओखलढुङ्गा

मोटिभेटन्यूज संवाददाता
५६ पटक

ओखलढुङ्गा – ओखलढुंङ्गा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो ।

गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका सिद्धिचरण नगरपालिकाका कोरोना संक्रमित एक युवकसहित ३० जनाको परीक्षण रिपोर्ट आइतबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जनकारी दिए ।
गत साउनको पहिलो साता साउदीबाट नेपाल आएका ती युवामा कोरोना पोजेटिभ देखिएपछि ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा राखेर उपचार सुरु गरिएको थियो । उनको दोस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनाको शून्य संक्रमित जिल्ला बनेको स्वास्थ्य प्रमुख तिवारीले बताए ।

उनीसंगै जिल्लाका बिभिन्न स्थानिय तहका क्वारेन्टीनबाट स्वाब संकलन गरेर पठाइएका अन्य २९ जनको पनि रिपोर्ट नेगेटिभ आएको छ । भारत लगायत अन्य तेस्रो मुलुक तथा कोरोनाको संक्रमणस्थलबाट आएका ती नागरिकको समेत स्वाब परीक्षणका लागी कोरोना परिक्षण प्रयोगशाल धुलीखेलमा पठाईएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

यो संँै जिल्लामा कोरोना परिक्षण गराउनेको संख्या ७ सय ३३ पुगेको छ । जसमा १५ भारतीय नागरिक सहित २२ जनामा कोरोना पोजेटिभ देखिएकोमा उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लामा आरडीटी गराउनेको संख्या भने ६ सय २ पुगेको छ । अहिले पीसीआर परिक्षणको दायरा बढेसंगै आरडीटी परीक्षण रोकिएको छ। यसैबिच भारतलगायत अन्य मुलुकबाट आएका तथा कोरोना संक्रमित स्थानबाट आएका १ सय ३ जनाको सोमबार थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।

२०७७ साउन २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्