News Portal

थप ६ जानामा कोरोना संक्रमण

मोटिभेटन्यूज संवाददाता
६५ पटक

सिन्धुली – सिन्धुलीमा एकै पटक ६ जनामा कोरोना भाइरस कोभिड(१९) संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास छाएको छ ।

आइतबार चारजना नेपाली सेनासहित ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै सिन्धुली अस्पतालको ओपीडी सेवा समेत बन्द गरिएको छ

अस्पतामा कार्यरत एक स्वास्थ्यकर्मीको अभिभावकसहित ६ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जनाए ।

ुसोमबारदेखि ३ दिनसम्मका लागि अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको हो,ु उनले भने । गत २२ गते स्वाब संकलन गरिएका २२ जनामध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए । जिल्लामा एकै पटक ठूलो संख्यामा संक्रमित देखापरेपछि समुदायस्तरमा त्राससमेत बढेको हो ।

आइतबार कमलामाई नगरपालिका १४ स्थित पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चारजना नेपाली सेनाका पुरुष, कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा रहेका तिनपाटन ४ का २२ वर्षीय पुरुष र एकजना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ुसंक्रमितमध्ये नेपाली सेनाका चारैजनालाई काठमाडौंस्थित बलम्बु अस्पताल पठाइएको छ भने अन्य दुईजनालाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। यसैबीच संक्रमितको सम्पर्कमा रहेकाको खोजिकार्य भएको बताइएको छ ।

शनिबार पनि जिल्लामा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । उनीहरुमध्ये ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने ८ जना उपचाररत छन् । सिन्धुलीमा मात्र हालसम्म १ हजार ३ सय १८ जनाको पीसीआर टेष्ट गरिएको छ ।

२०७७ साउन २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्