News Portal

बौनियाँ जेसीजद्वारा सहारा घरमा सहयोग (फोटो फिचर)

पदम ओझाकाठमाडौं
४४९ पटक
काठमाडौं

असोज १७,बौनियाँ  – कैलालीको बौनियाँमा रहेको बौनियाँ जेसीजले सहारा घरमा सहयोग गरेको छ ।
बौनियाँ जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बुधबार दोस्रो दिन सहारा घरमा चामल,आलु,कपडा लगाएत सहयोग गरेको हो ।

सहारा घरमा सहयोग कार्यक्रमका संयोजक राजेन्द्र रावलको सभापतित्वमा भएको कार्यक्रममा सहारा घरका संचालक बल बहादुर बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । भने विशिष्ट अतिथी नेपाल जेसीज क्षेत्र घ कोष वृद्धि संयोजक कृष्ण बिष्ट रहनु भएको थियो ।

सो अवसरमा बौनिया“ जेसीजका उपाध्यक्ष तर्कराज खतिवडाले शुभकामना मन्तव्य राख्नु भएको थियो । महासचिव दिनेश भण्डारी ले संचालन गरेको कार्यक्रमको स्वागत अध्यक्ष सल्लाहकार मिलन ओलिले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै संयोजक राजेन्द्र रावलले जेसीजको सप्ताह कार्यक्रम मा सहारा घरमा सहयोग गर्दा आफुलाई खुशी महसुस भएको बताउनु भयो । साथै रावलले आगामी बर्षमा पनि सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

जेसीज सप्ताह अन्र्तगत तेश्रो दिन बिहीबार बर्दगोरिया गाउपालिका को पुर्व र पश्चिम सिमानामा स्वागत वोर्ड राख्ने कार्यक्रम रहेको बौनिया“ जेसीज बर्ष २०१८ का अध्यक्ष एवम जेसीज सप्ताह संयोजक जनक बिष्टले जानकारी दिए।

२०७५ असोज १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्