News Portal

पहिरोले अवरुद्ध सडक खुलाउने जिम्मा वडाध्यक्षलाई

मोटिभेटन्यूज संवाददाता
१२३ पटक

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक अवरुद्ध भएको छ । सान्तिघाटदेखि आरसिपी बजारसम्मको सडक अविरल बर्षापछि आएको पहिरोले अवरुद्ध भएको हो ।

पहिरोले अवरुद्ध उक्त सडक खुलाउने जिम्मा रास्कोट नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष टक्क पर्सालले पाएका छन । शान्तिघाटदेखि बजारसम्मको विभिन्न्न भागमा पहिरोले अवरुद्ध भएको सडक खुलाउने जिम्मा फर्साललाई दिएको नगरपालिका श्रोतले जनाएको छ ।

सडक खुलाउन वडाध्यक्ष फर्सालले डोजर भाडामा लिएर काम अगाडि बढाइसकेका छन । मानव बमको डोजर भाडामा लिएर काम थालेको र केही दिनमा सडक सुचारु हुने बताइएको छ ।

सम्भवत आइतबारदेखि सडक सुचारु हुने वडाध्यक्ष फर्साल निकट श्रोतको दावि छ ।

२०७७ साउन ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्