News Portal

सफलताको फाउण्डेशन अभ्यस नै हो

पुण्य प्रसाईँ
१३६ पटक

काठमाडौं – हामीलाई के भ्रम छ भने तिनै मानिसहरु महान् काम गर्न सक्छन्, जोसँग विशेष खालको योग्यता हुन्छ । वास्तवमा विशेष योग्यता भन्ने कुरा भ्रम मात्र हो । मानिस महान तब बन्छ, जब ऊ कर्ममा आनन्दित भएर निरन्तर लागिरहन्छ । निरन्तरको अभ्यासबाट मानिसले.महान सफलता प्राप्त गर्छ । त्यसैले अभ्यास नै सबैभन्दा प्रमुख हो ।

हो, यसलाई जिन्दगीको मूल मन्त्रमध्ये एक बनाउनुस् – अभ्यास नै सबै कुरा हो । तपार्इँ निष्काम भावले निरन्तर कर्ममा लागिरहनुपर्छ । सफलताका लागि अभ्यास र निरन्तरताको प्रमुख भूमिका हुन्छ । मानिसहरु भन्ने गर्छन् – म त क्लासमा सरले पढाउनासाथ बुझिहाल्छु, मेरो त जिनमै थियो त्यसैले मलाई केही कठिन भएन, सबै भाग्यको खेल हो, म केही गर्दिन तर पनि मेरो प्रमोशन हुन्छ, म त जाचँको बेला मात्र पढछु तर फस्ट नै हुन्छु आदि ।

यसो भनेर उनीहरु अरुलाई भ्रममा पार्छन् र तपाईँ ओझेल पर्नासाथ टुपी कसेर मेहनत गर्छन । यस्ता गफाडीका कुरा पत्याएर तपार्इँ पनि सबै कुरा भाग्यको खेल रहेछ भनेर विधताको भर पर्नुहुन्छ भने तपाईभन्दा उल्लु यो ब्रहमाण्ड खोजेर पाय हुन्छ – ‘तपाईँलाई दुखी बनाउने उनीहरुले डिङ हाक्नुको एउटै कारण हो, तपाईँका मनमा चिन्ता जगाउनु । त्यस कारण उनीहरुका ठूला कुरामा विश्वास नर्गनुहोस् । आफ्नो सपना र मेहनतमा विश्वास गर्नुहोस् ।’

बिना प्रयास केही प्राप्त हुँदैन । मेहनत गर्नुहोस् अभ्यास गर्नुहोस् अनि मात्र सफलताको ग्यारेन्टी हुन्छ । विशेष योग्यताको भ्रममा नपर्नुहोस् । अभ्यास नै सबै कुराको स्रोत हो । यसलाई मुल र्दशन बनाउनुहोस् । तपाईले याद गर्नु भएको होला पहिलो पटक साइकल चलाउँदा कस्तो भएको थियो ? तपाई राम्रो सँग बस्न पनि सक्नुभएको थिएन, साइकल ढल्यो ।

अर्कोले पछाडिबाट साइकल समाउ्रँदा पनि तपाईले अगाडि बढाउन सक्नु भएन । साइकल धेरै पटक लड्यो । बिस्तारै तपाईले अर्काको सहयोगमा अगाडि बढाउन जान्नुभयो । त्यसपछि लरबरीदैँ भए पनि अरुको सहयोग बिना नै अगाडी बढाउन सक्नुृभयो । केही दिनको अभ्यास पछि एकलै कुदाउन सक्नुभयो । आज तपाई राम्ररी साईकल चलाउन सक्नुहुन्छ ।

तपाईँलाई साइकलमा कलाबाजी देखाउनेहरुको बारेमा पनि थाहा होला । सानो ठाउँमा र भर्याङ्मा चलाउने मात्र होइन बडो रोचक कला देखाउन सक्छन् उनीहरुमा मात्र होइन बडो रोचक कला देखाउन सक्छन् उनीहरु । लाग्छ उनिहरुमा साइकल चलाउने यो गुण जन्मजात थियो ।

तर होइन उनीहरु पनि कुनै दिन तपाइजस्तै थिए । यो सब अभ्यासले भएको हो । त्यसैले तिनै मानिसहरुले महान् काम गर्न सक्छन् जोसँग विशेष खालको योग्यता हुने गर्छ भन्ने मत हामीलाई मूर्ख बनाउने तर्क मात्र हो ।

२०७७ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्