News Portal

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुग्यो

मोटिभेटन्यूज संवाददाता
७५ पटक

नोभेल कोरोना भाइरस संक्रमणबाट थप सातजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक(एक पुरुष र तनहुँकी एक महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

२०७७ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्