News Portal

सफलताको उमेर

मोटिभेटन्यूज संवाददाता
१०९ पटक

काठमार्डाैँ – उमेरले फरक पार्दैन यदि तपाईसँग केही गर्ने दृढ सङ्कल्प र विश्पास छ भने । तपाई जुनसुकै उमेरमा चमत्कार गरेर देखाउन सक्नुहुन्छ । सम्मानका साथ बाँच्न सक्नुहुन्छ । हार स्पीकार गर्ने वा कसैको भरमा पर्नुपर्ने आवश्यकता छैन । सधैँ परिवर्तन पक्षमा रहनुस् आशावादी हुनुहोस् । अझ धेरै हुन सक्छ , म केही नयाँ गरेर देखाउन सक्छु भन्ने भावना हरपल मनमा लिनुुस् । सबै कुरा सकियो भन्ने भ्रम त्याग्नुस् आफूलाई विश्वास गर्नुस् ।

जुनसुकै उमेरमा पनि तपाई फेरि केही गरेर समाज र विश्वमा छाप छोड्न सक्नु हुन्छ । वृद्दावस्था जीवनको अनिवार्य सत्य हो । प्रकृतिक नियमानुसार जन्मेपछि मानिसलाई मात्र होइन वृद्दता हरेक जीवलाई प्राप्त हुन्छ । ज्येष्ठ नागरिकको अनुभवबाट आउँदो पिँढीले महत्तवपूर्ण प्रशिक्षण लिन सक्छ आफ्ना समस्याको समाधान गर्न सक्छ । यति महत्तवपूर्ण अङ्गलाई परिवारको भार ठान्नु उनीहरुका उपेक्षा गर्नु नैतिक पतनको चरमोत्कर्ष हो ।

२०७७ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्