News Portal

बाटो मिचेको प्रमाणित भए हलसहितको घर सरकारको नाममा पास गरिदिन्छु : राज्यमन्त्री मानन्धर

मोटिभेटन्यूज संवाददाता
१४५ पटक

काठमाडौं – पछिल्लो समय सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमाथि नियोजित प्राहर हुन थालेको छ । बालाजु बाइसधारा क्षेत्रमा अतिक्रमण गरेर बनाइएका ३८ घर भत्काइएको विषयलाई लिएर अहिले राज्यमन्त्री मानन्धरलाई विवादमा तानिएको हो ।

बाइुसधाराका ३८ घरहरु र राज्यमन्त्री मानन्धरको घरसहितको चलचित्र हलसँग कुनै साइनो नभएको विषयलाई लिएर नियोजित प्राहर गरिएको छ । मन्त्री मानन्धरको लोकप्रियता देखेर अतालिएकाहरुले उनीमाथि नियोजित रुपमा प्राहर गरेको मानन्धर निटक श्रोतको दावि छ ।

‘मुल सडकभन्दा ४ सय मिटर पर शाखा सडको क्षेउमा रहेको चलचित्र हललाई अनावस्यक चर्चामा ल्याएर हुँदै नभएको विवाद उत्पन्न गरियो ।’ मन्त्री मानन्धरले भने, ‘अष्टनारायण हल २०७० सालमै विस्तारित उक्त सडकदेखि करिब ४०० मिटर पर नै शाखा बाटोतर्फ अवस्थित रहेको र सरकारको सबै मापदण्ड पूरा गरी २०५८ सालदेखि सञ्चालनमा रहेको छ ।’

यदी यो हलले ओगटेको क्षेत्र सार्वजनिक जग्गामा परेको कसैले प्रमाण ल्याए नेपाल सरकारको नाममा नामसारी गरिदिने राज्यमन्त्री मानन्धरको भनाई छ । सार्वजनिक जग्गा अतिक्रमण गरि बसेकाहरुलाई हटाएर सडक बनाएको भन्दै उनीहरुलाई राहत स्वरुप घरको मुआव्जा समेत दिलाएर आफूले सहयोग गरेको बताए ।

मुआव्जा दिएको विषयलाई नै अहिले मुख्य हतियार बनाएको देख्दा अच्चम लागेको भन्दै सरकारले जग्गाको मुआव्जा नदिइ उनीहरुले बनाएका घरहरुको मुआव्जा दिएको स्पष्ट पारे ।

२०७७ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्