News Portal

इक्यानको २४ औं बार्षिकोत्सव भोलीदेखि, भब्य बनाउने तयारी

मोटिभेटन्यूज संवाददाता
१३६ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २४ बार्षिकोत्सवलाई भव्य रुपमा मनाउने भएको छ । निषेधाज्ञाका बाबजुद पनि इक्यानले आफ्नो बार्षिकोत्सव लगातार तीन दिनसम्म मनाउने भएको हो ।

सरकारले सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएपछि इक्यानले भर्चुअल माध्ययमबाट आफ्नो २४ औं बार्षिकोत्सव मनाउँदै छ । भर्जुअल रुपमा विभिन्न मोटिभेशनल सेमिनारहरुको आयोजना गरिएको इक्यानले जनाएको छ ।

पहिलो दिन भदौं ११ गते पहिलो सर्तमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम राखिएको छ । जहाँ तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मानसिक रोग विशेषज्ञ डा करुणा कुँवरको प्रस्तुती रहने छ । उनको प्रस्तुती विहान ११ः४५ बजेदेखि १ बजेसम्म हुने इक्यानले जनाएको छ ।

सोही दिनको दोश्रो सर्तमा नेतृत्व विकास र संकटसँग कसरी जुध्ने ? भन्ने विषयमा छलफल हुनेछ । दोश्रो सेसनमा डा. योगी विकाशानन्दको प्रस्तुती रहने छ । उनको प्रस्तुती साढे १ बजेदेखि ३ बजेसम्म हुनेछ ।

२०७७ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्