मोटिभेटन्यूज संवाददाता

काठमाडौं – कुमार कार्कीको शब्द र संगीतमा नयाँ गीत बजारमा आएको छ । उनको ‘भेटौं शनिबार’ बोलको गीतमा गोविन्द गौतम र मेलिना राई आवाजमा बजारमा आएको हो । ।
गीतको म्यूजिक भिडियोमा गायक गौतम र सन्ध्या बुढा (काउली बुढी) लगायत दर्जन भन्दा बढी कलाकारको अभिनय रहेको छ । ओम प्रसाईको छायाँकन रहेको यस भिडियोलाई अर्जुन सिलवालले कोरियोग्राफी गरेका छन् ।
सरिता गौतमको सम्पादन रहेको यस भिडियोलाई भीमसेन अधिकारी र खामेश श्रेष्ठले निर्देशन गरेका छन् । राम्रो गायन क्षमता भएका गायक भएपनि कुमार कार्कीले उक्त गीत गोविन्द गौतमलाई गाउन दिएका छन । केही समय अगाडी आफैले गीत लेख्ने र गाउने गरेको भएपनि पछिल्लो समय अर्को गायकलाई गाउन दिने गरेका छन ।
२०७७ भदौ १३ गते प्रकाशित
